टाइगर कप: आर्मी र एपिएफ फाइनल प्रवेश
पाेखरा | माघ १२, २०७९
पोखरा: पोखरामा सञ्चालन भइरहेको टाइगर कपमा महिला तर्फ विभागिय क्लब एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालामा भएको आज भएको महिला तर्फको पहिलो सेमिफाइनल खेलमा नेपाल एपिएफ क्लबले आयोजक गण्डकी प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै फाइनल प्रवेश गर्न सफल भएको हो ।
एपिएफले गण्डकीलाई २५–१३, २५–१७ र २५–२१ ले पराजित गर्दै फाइनल प्रवेश गर्न सफल भएको हो । यस्तै गण्डकी प्रदेश लिग र नकआउट गरी सबै चार खेलमा हार बेहोर्न पुग्यो । गण्डकीले समूह चरणमा एपिएफ, आर्मी र होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबसँग हार बेहोरेको थियो ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्स क्लबलाई पराजित गर्दै फाइनलमा एपिएफ क्लबसँग भेट पक्का गरेको छ ।
पहिलो सेट २३–२५ ले गुमाएको आर्मीले २५–१३, २५–२२ र २५–१२ ले विजयी हुँदै फाइनल प्रवेश गरेको हो ।
फाइनलमा एपिएफ र आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । तृतिय स्थानका लागि आयोजक गण्डकी प्रदेश र होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्स क्लब बीच प्रतिस्पर्धा हुनेछ । अहिले पुरुषतर्फको खेल भईरहेको छ ।
टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ ।
महिला/पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संस्थाका सचिव नेपालीले बताए ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५/२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०/१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

